Posts

Showing posts from February, 2019

लिखित परिक्षा संचालन हुने

♦  मिति २०७५।१०।०४ गते प्रकाशित विज्ञापन अनुसार अा.प्र. र खुला प्रतियोगितात्मक लिखित परिक्षा संचालन हुने तथा परीक्षा भवन कायम गरिएको  सूचना ( प्रकाशित मिति २०७५ /११ /१० ) http://nfc.com.np/news_event_pressrelease/examdate2075.11.10

परिचय #नेपाल खाद्य संस्थान#

नेपाल खाद्द्य संस्थान परिचय  नेपालमा खाद्यान्न कारोवार र त्यसको आपूर्तिको संस्थागत व्यवस्था सरकारी स्तरमा तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुरको पालामा भएको पाइन्छ । गुठी र रैकर जग्गाहरुबाट तिरो भरोका रुपमा त्यसवेला जिन्सी धाननै संकलन हुने प्रचलन थियो । संकलित धान जभी र निजामति कर्मचारीहरुका अतिरिक्त धार्मिक कार्यहरु र पाकशालामा उपलब्ध गराउनको लागि थापाथलीमा रशद गोदाम अड्डा -हाल अंचल कार्यालय रहेको स्थानको स्थापना गरी त्यसको प्रमुखमा प्रधान सेनापति रहने ब्यवस्था भएको देखिन्छ । वि.सं. १९९० सालको महाभूकम्पबाट पीडित जनताको राहतको लागि आवश्यक खाद्यान्न उपलब्ध गराउने कार्यमा यस अड्डाले महत्वपूर्ण भूमिका खेलेको थियो । राजधानीमा क्रमशः जनसंख्याको चापमा भएको बृद्धिले उपत्यकाको उत्पादन अपर्याप्त हुन जाने देखिएकोले खाद्यान्न अभाव हुन नदिन मेचीदेखि बाँके सम्मका तराई क्षेत्रहरुबाट प्रति वर्ष २ हजार मन चामल झिकाउने ब्यवस्था मिलाइएको थियो । राजधानी प्रतिको मोह र आकर्षण  बसाई सराई निरन्तरताले गर्दा जनसंख्याको चापमा हुन गएको बृद्धिले गर्दा तत्कालिन खाद्यान्न आपूर्तिको सरकारी प्रयासह...