Posts

Showing posts from 2019

विधिशास्त्र के हो

विधिशास्त्रका बुझ्नैपर्ने केही शब्दहरू (Some Understanding Terminologies of Jurisprudence)  २.१   विधिशास्त्रसम्बन्धी विभिन्न अवधारणागत शब्दहरू (Difference Conceptual Terminologies Relating to Jurisprudence) विधिशास्त्रको अवधारणा बुझ्न यससम्बन्धी सामान्य अवधारणागत विषय वा कुराहरू बुझ्न नितान्त आवश्यक हुने हुनाले विधिशास्त्रीय केही महŒवपूर्ण अवधारणागत शव्दहरूको संक्षिप्त रूपमा उल्लेख गर्ने प्रयास गरिएको छ, जुन यसप्रकार रहेका छन् : २.१.१    सामान्य विधिशास्त्र (General Jurisprudence) सामान्य विधिशास्त्र अनुभवजन्य थियो । यसको सम्बन्धलाई सामान्यताको सापेक्षिक रूपमा उच्च तहबाट यर्थाथ कानूनी व्यवस्थाको विश्लेषणसँग सम्बन्धित थियो । सामान्य शब्दले यो परिपे्रक्ष्यमा भौगोलिक पहुँच भन्दा विवेचनाको तहलाई उल्लेख गदर्छ तथा सामान्य विधिशास्त्रलाई एक प्रकारको मध्यम व्यवस्थाको सिद्धान्तको रूपमा व्याख्या गरिन्छ । १९ औं शताब्दीमा अङ्ग्रेजी विधिशास्त्रीहरूले सामान्यतया विधिशास्त्रलाई सामान्य रूपमा नै अनुमान गरेको थिए । प्राकृतिक कानूनको परम्परा सर्वव्यापक थियो । द्यभल...

लिखित परिक्षा संचालन हुने

♦  मिति २०७५।१०।०४ गते प्रकाशित विज्ञापन अनुसार अा.प्र. र खुला प्रतियोगितात्मक लिखित परिक्षा संचालन हुने तथा परीक्षा भवन कायम गरिएको  सूचना ( प्रकाशित मिति २०७५ /११ /१० ) http://nfc.com.np/news_event_pressrelease/examdate2075.11.10

परिचय #नेपाल खाद्य संस्थान#

नेपाल खाद्द्य संस्थान परिचय  नेपालमा खाद्यान्न कारोवार र त्यसको आपूर्तिको संस्थागत व्यवस्था सरकारी स्तरमा तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुरको पालामा भएको पाइन्छ । गुठी र रैकर जग्गाहरुबाट तिरो भरोका रुपमा त्यसवेला जिन्सी धाननै संकलन हुने प्रचलन थियो । संकलित धान जभी र निजामति कर्मचारीहरुका अतिरिक्त धार्मिक कार्यहरु र पाकशालामा उपलब्ध गराउनको लागि थापाथलीमा रशद गोदाम अड्डा -हाल अंचल कार्यालय रहेको स्थानको स्थापना गरी त्यसको प्रमुखमा प्रधान सेनापति रहने ब्यवस्था भएको देखिन्छ । वि.सं. १९९० सालको महाभूकम्पबाट पीडित जनताको राहतको लागि आवश्यक खाद्यान्न उपलब्ध गराउने कार्यमा यस अड्डाले महत्वपूर्ण भूमिका खेलेको थियो । राजधानीमा क्रमशः जनसंख्याको चापमा भएको बृद्धिले उपत्यकाको उत्पादन अपर्याप्त हुन जाने देखिएकोले खाद्यान्न अभाव हुन नदिन मेचीदेखि बाँके सम्मका तराई क्षेत्रहरुबाट प्रति वर्ष २ हजार मन चामल झिकाउने ब्यवस्था मिलाइएको थियो । राजधानी प्रतिको मोह र आकर्षण  बसाई सराई निरन्तरताले गर्दा जनसंख्याको चापमा हुन गएको बृद्धिले गर्दा तत्कालिन खाद्यान्न आपूर्तिको सरकारी प्रयासह...