विधिशास्त्र के हो

विधिशास्त्रका बुझ्नैपर्ने केही शब्दहरू

(Some Understanding Terminologies of Jurisprudence)
 २.१   विधिशास्त्रसम्बन्धी विभिन्न अवधारणागत शब्दहरू (Difference Conceptual Terminologies Relating to Jurisprudence)
विधिशास्त्रको अवधारणा बुझ्न यससम्बन्धी सामान्य अवधारणागत विषय वा कुराहरू बुझ्न नितान्त आवश्यक हुने हुनाले विधिशास्त्रीय केही महŒवपूर्ण अवधारणागत शव्दहरूको संक्षिप्त रूपमा उल्लेख गर्ने प्रयास गरिएको छ, जुन यसप्रकार रहेका छन् :
२.१.१    सामान्य विधिशास्त्र (General Jurisprudence)
सामान्य विधिशास्त्र अनुभवजन्य थियो । यसको सम्बन्धलाई सामान्यताको सापेक्षिक रूपमा उच्च तहबाट यर्थाथ कानूनी व्यवस्थाको विश्लेषणसँग सम्बन्धित थियो । सामान्य शब्दले यो परिपे्रक्ष्यमा भौगोलिक पहुँच भन्दा विवेचनाको तहलाई उल्लेख गदर्छ तथा सामान्य विधिशास्त्रलाई एक प्रकारको मध्यम व्यवस्थाको सिद्धान्तको रूपमा व्याख्या गरिन्छ । १९ औं शताब्दीमा अङ्ग्रेजी विधिशास्त्रीहरूले सामान्यतया विधिशास्त्रलाई सामान्य रूपमा नै अनुमान गरेको थिए । प्राकृतिक कानूनको परम्परा सर्वव्यापक थियो । द्यभलतजबm ले विधायिकाको सर्वव्यापी विज्ञान विकसित गरे । ब्गकतष्ल ले बढी होस पूर्वक परिपक्व ढङ्गबाट देशहरूका लागि सामान्य विश्लेषणात्मक विधिशास्त्र विकसित गरे । ज्यिबलम ले के दावी गरे भने विधिशास्त्र विज्ञान भएकोले यो त्यसकारण सामान्य नै हुनुपर्छ । ःबष्लभ जस्ता ऐतिहासिक सम्प्रदायका योगदान कर्ताले कानून र सामाजिक परिवर्तनबारेमा व्यापक रूपमा म्बचधष्ल वादी अवधारणा अगाडि सारे ।
२.१.२    पारखीय विधिशास्त्र (Censorial Jurisprudence)
पारखीय विधिशास्त्र विधेयकको कला बाहेक केही होइन भने औपचारिक विधिशास्त्र कानूनको सँगालो बाहेक अरू केही होइन । कुनै विशेष देशको कानून माथिको खाली टिप्पणी अनधिकृत विधिशास्त्र हो । यसबाट के कुरा आउँछ भने अनधिकृत सर्वव्यापी विधिशास्त्रको उपविभाग जसले कुनै विशेष देशसँगको सन्दर्भ विना कानूनलाई विवेचना गर्दछ भने त्यसलाई मात्र विधिशास्त्रको नाम दिन सकिन्छ ।
२.१.३    व्याख्यात्मक विधिशास्त्र (Expositorial Jurisprudence)
औपचारिक व्याख्यात्मक विधिशास्त्र भनेर Bentham ले विधायिकाको शक्तिद्धारा दिइएको कानूनलाई जनाएका छन् भने अनधिकृति व्याख्यात्मक विधिशास्त्र भनेर उनले कुनै एउटा देशको कानूनको पाठ्यपुस्तक तथा कुनै विशेष देशसँगको सन्दर्भ वीना कानूनको कार्य अर्थात सर्वव्यापी विधिशास्त्र भनेका छन् । Holland ले यो विभाजनलाई आलोचना गर्दै के भनेका छन् भने, कानूनको विज्ञानबाट कानूनको व्याख्या प्रष्टत अर्कै कुरा हो, तथा कानून माथिको टिप्पणी Bentham ले भने जस्तै विधायिकाको कलाको विषय होइन ।  Holland को भनाइमा यस्तो अनधिकृत सर्वव्यापी विधिशास्त्रलाई विधिशास्त्रको नाम मात्र दिनुपर्दछ । त्यसकारण विधिशास्त्रलाई कुनै गुणात्मक शब्द नदिईकन कुनै विज्ञानको नामको रूपमा प्रयोग गर्नुपर्दछ । त्यसकारण द्यभलतजबm ले अनधिकृत सर्वव्यापी विधिशास्त्रको उपविभागलाई मात्र विधिशास्त्र विज्ञानको नाम राख्न दिनुपर्दछ भनेको कुरालाई यसकारण ठीक भन्न सकिन्छ ।
२.१.४    दार्शनिक विधिशास्त्र (Philosophical Jurisprudence)
यो कानून तथा कानूनी संस्थाहरूको दार्शनिक तथा आचारशास्त्रगत आधारको अध्ययनसँग मुख्यत सम्बन्धित छ । सामान्यत कानून र अधिकार कानूनी कर्तव्य, नैतिकता तथा स्वतन्त्रता एवं मानवीय इच्छासँग सम्बन्धित छ । कानूनको प्रभावको अनुपस्थितिमा विश्लेषणात्मक विधिशास्त्र खोक्रो औपचारिकताको व्यवस्था हुन जान्छ । Patonले औंलाए जस्तै कानूनको शब्दावली परिभाषित गर्ने समस्यालाई धर्मशास्त्री, इतिहासकार, समाजशास्त्री, दार्शनिक, राजनैतिक, वैज्ञानिक अथवा कानूनविद्को दृष्टिकोणबाट केलाइनुपर्दछ ।
२.१.५    विश्लेषणात्मक विधिशास्त्र (Analytical Jurisprudence)
यो कानूनी बनोट तथा धारणाको वैज्ञानिक विश्लेषणसँग तथा तोकिएका कानूनी व्यवस्थामा कानूनका आधारभुत तŒव पत्ता लगाउन र व्याख्या गर्न गरिने अनुभवजन्य अभ्याससँग संलग्न छ । यसले कानून के हो भन्ने प्रश्नको उत्तर दिनुपर्ने हुन्छ ।
२.१.६    मापदण्डगत विधिशास्त्र (Normative Jurisprudence) 
केही उत्कृष्टताका मापदण्ड तथा के बाट असल कानून बन्दछ भन्ने लक्षण तोकिएको आधारमा कानूनी नियम तथा कानूनी बनोटको मूल्याङ्कनलाई यसले उल्लेख गर्दछ । यसमा कानून कस्तो हुनुपर्दछ भन्ने प्रश्न संलग्न छ ।
२.१.७    विशेष विधिशास्त्र (Particular Jurisprudence)
यसमा कुनै एउटा कानूनी व्यवस्थाको बनोट तथा अन्य तŒवको तोकिएको विश्लेषण हुन्छ ।
२.१.८    ऐतिहासिक विधिशास्त्र (Historical Jurisprudence)
कानूनी व्यवस्थाको तथा त्यसकोे बृद्धिसँग संलग्न परिवर्तन ऐतिहासिक विकास तथा यो अभिबृद्धिको अध्ययन हो ।
२.१.९    समाजशास्त्रीय विधिशास्त्र(Sociological Jurisprudence)
यसले कानून तथा अन्य सामाजिक प्रवृत्ति बीचको सम्बन्धलाई स्पष्ट पार्न खोज्दछ तथा यसका सृजना र कार्यलाई सामाजिक हितले प्रभावित र असर पार्ने परिमाण निर्धारण गर्न खोज्दछ ।
२.१.१०    आलोचनात्मक विधिशास्त्र (Critical Jurisprudence)
यो विद्यमान कानूनी व्यवस्थामा आवश्यक परिवर्तनका लागि प्रस्ताव प्रस्तुत गर्ने हिसाबले त्यस्ता कानूनी व्यवस्थाको साँचो मूल्यको अनुमान प्रदान गर्न गरिने अध्ययन हो ।
२.१.११    आर्थिक विधिशास्त्र (Economic Jurisprudence)
यसले उदाहरणका लागि सम्पत्तिको व्यक्तिगत स्वामित्वजस्ता विभिन्न आर्थिक घटनामा कानूनको सृजना र प्रयोगबारेमा अनुसन्धान गर्दछ ।
२.१.१२    सम्प्रदाय (School)
कानूनबारे खोजी गर्ने विचार र पद्धतिको साझा सँगालो ।
२.१.१३    परिभाषा (Definition)
परिभाषामा तीन कुरालाई समावेश गरिएको छ ।
  •  कुनै सिद्धान्तबारेको निर्माणसँग अन्र्तनिहित प्रस्तावको सँगालो,
  • फरक कुराहरू र बनोट बारेको अन्तर्सम्बन्धको प्रस्तुती तथा अनुसन्धानकर्तालाई परिवर्तनशील कुरा बारे भविष्यवाणी गर्न कुनै प्रवृत्तिको व्याख्या गर्दछ,
  • फरक कुराहरू बारे अनुसन्धानकर्तालाई घटनाको व्याख्या गरी भविष्यवाणणी सबल तुल्याउँदछ ।
२.१.१४    प्राकृतिक कानून (Natural Law)
कानून कारणवादी व्यक्तिहरूको नैतिक धारणामा आधारित सामाजिक आवश्यकता हो भन्ने अनुमानबाट अगाडि बढ्ने कानूनको दर्शन तथा केही नैतिक सिमिततालाई उल्लङ्घन गर्ने कुनै पनि कानून, कुनै पनि प्रकारले वैध हुन सक्दैन । यसरी हेर्दा मानवीय कानून केही सर्वव्यापी सिद्धान्तहरूमा आधारित हुन्छन्, जसलाई कारणवादीता अथाव प्रकाशमा ल्याउने कार्यबाट पत्ता लाग्दछन् । यसलाई अनन्त, अपरिवर्तनीय तथा मानव जातिको प्रकृतिमा अनन्त आधारित मानिएको छ ।
२.१.१५    ज्ञानवाद (Cognitivism)
वस्तुहरूका बारेमा सम्पूर्ण तथ्य जान्न सकिन्छ भन्ने बिचार । उदाहरणका लागि न्याय बारेको तथ्य के बाट बनेको छ ?
२.१.१६    नैतिकता (Morality)
नैतिक निर्णयको निर्माण ग्रहण वा अभिव्यक्ति अर्थात व्यक्तिगत अथवा सामाजिक परम्पराको पूर्वानुमानगत मापदण्डअनुसार के असल के खराब, के ठीक के बेठिक, के स्वीकार्य के अस्वीकार्य भनी मूल्याङ्कन गरिने धारणा नैतिकता हो ।
२.१.१७    नैतिक दर्शन  (Moral Philosophy)
नैतिक निर्णयलाई सुदृढ गर्ने अथवा त्यसमा अन्र्तनिहित भएको विचारलाई बुझ्ने आधिकारिक प्रयास ।
२.१.१८    धारणा (Concept)
एकबाट गरिएको सामान्यीकरणका आधारमा गरिएको विवेचनाको अभिव्यक्ति कुनै धारणाले दिन्छ ।
२.१.१९    निर्माण (Construct)
कुनै विशेष वैज्ञानिक उद्देश्यका लागि विकारपूर्वक र चेतनापुर्वक आविष्कार गरिएको वा ग्रहण गरिएको धारणा निर्माण हो ।
२.१.२०    करारजन्य (Contractarian)
यो कुरा मानवीय समाज, सामाजिक सम्झौतामा आधारित छ भन्ने अडान वा अुनमान हो । यस्तो करारलाई एउटा मौलिक ऐतिहासिक तथ्य अथवा सामाजिक सभ्यताका सम्बन्धहरूलाई स्थापना गर्न र कायम गर्नका लागि यसलाई तर्कशील पूर्वानुमान भनी अनुमान गरेपनि हुन्छ । शुद्ध विचार अथवा तर्कपूर्णबाट परिणामको रूपमा आएको कुरा, सामूहिक चेतना ९ख्यपिनभष्कत० मा आधारित तथा विभिन्न विचारको सङ्घर्षले सम्पूर्ण कुरामा परिवर्तनको विकास ल्याएको छ ।
२.१.२१    स्थापित विचार (Thesis)
कुनै विद्यमान अथवा स्थापित विचार यसलाई कुनै अर्कोले हाँक दिएको छ ।
२.१.२२    विपरित तथा परस्पर विरोधी विचार (Anti-thesis) 
यसबाट हुने सङ्घर्षको परिणाम एकीकरण तथा दुई विरोधी विचारको व्याख्या हो तथा यसबाट सम्मिश्रण बन्दछ ।
२.१.२३    समिश्रण (Synthesis)
दुई विरोधी कुराहरूको गुणात्मक रूपमा वरिष्ठ तŒव रहेको कुनै एउटा विचारको नविनतम तथा उच्चतम रूप हो । यो नयाँ समिश्रणलाई तथापि अर्कोले अनिवार्यतः चुनौती दिन्छ अर्थात नयाँ र विरोधी विचार तथा यस कारण समिश्रण नयाँ स्थापित विचार बन्न जान्छ जसमा विपरित तथा परस्पर विरोधी नयाँ विरोधी विचार हुन जान्छ । यस प्रकारको सघंर्षको चक्र तथा समाधानको निरन्तर पुनराबृत्ति नै द्धन्द्ववाद हो । यसबाट सम्पूर्ण कुरामा विकास र परिवर्तनको परिणामा आउँदछ ।
२.१.२४    जनताको लोकप्रिय (सामान्य) इच्छा (Volkgeist)
यो शब्द ँ।प्। ख्यल क्बखष्नलथ ले जनताको राष्ट्रिय भावना जनाउन प्रयोग गरेका छन् । यो सिद्धान्त अनुसार कुनै कानूनी व्यवस्था जनताको संस्कृतिको अंश हो । कुनै विधायकको मनपरी कार्यको परिणाम कानून होइन तर जनताको राष्ट्रिय भावनामा पाइने अव्यक्तिगत शक्तिको उत्तरको रूपमा यसको विकास भएको छ ।
२.१.२५    स्वविवेक (Discretion)
न्यायिक निर्णयमा न्यायधिशहरूले अस्पष्ट मुद्दाको निर्णय गर्दा गरिने स्वविवेकको प्रयोग यसलाई भनिन्छ । त्यस्तो मुद्दामा गरिने निर्णय जहाँ कुनै प्रष्ट कानूनको प्रयोग गर्न सकिने नियम छैन अथवा जहाँ प्रयोग गर्न सकिने नियमबीच समाधान गर्न नसकिने विवाद छ । यस्तो अवस्थामा निर्णय गर्दा न्यायधिशहरूले आफ्नो व्यक्तिगत ठीक बेठिकको धारणालाई अथवा सार्वजनिक निति वा सामाजिक हितका हिसाबले जे उत्तम छ त्यसका आधारमा निर्णय गर्दछन् । यस्तो निर्णय गर्दा उनीहरूले अर्धविधायिकी कार्य गरेका हुन्छन् र नयाँ कानून सृजना गर्दछन् ।धेरै निश्चयात्मकवादीहरू John Austin र H.L.A. Hart  ले कुनै प्रष्ट प्रयोग गर्न सकिने कानूनको नियमको अभावमा न्यायधीशहरूले मुद्दा निर्णय गर्दा आफ्नो स्वविवेकको प्रयोग तथ्यगत रूपमा गर्दछन् भन्ने कुरालाई अनुमति दिएका छन् । च्यलबमि म्धयचपष्ल ले भने यसको जोडदार रूपमा खण्डन गर्दछन्, के भन्दछन् भने अस्पष्ट मुद्दामा न्यायधीशहरूको स्वविवेकको प्रयोग हुनु हुदैन तथा प्रत्येक मुद्दामा जहिले पनि कसको जित्ने अधिकार छ भन्ने प्रश्नको ठकि उत्तर रहेकै हुन्छ ।
२.१.२६    प्रभावकारिता (Efficacy)
कुनै विशेष वा इच्छित परिणाम प्राप्त गर्न केही मात्रा, बनोट वा प्रक्रियाको क्षमतामा जस्तै रहेको प्रभावकारिता र दक्षता हो । ज्बलक प्भकिभल का अनुसार कुनै कानूनी व्यवस्था तथा त्यसकारण कानूनको तोकिएको आवश्यकता प्रभावकारिता हो । यसलाई केही परिस्थितीमा दण्डलाई नियमित रूपमा तथा प्रभावकारितापुर्वक लागू गर्ने अधिकारीहरूको क्षमतामा देखिए जस्तै हुन्छ ।
२.१.२७    औपचारिकवाद (Formalism)
कानूनी सिद्धान्तमा कानूनी नियममा रहेका शब्दावलीको व्याख्यामा छनोटको तŒवलाई कम गर्न खोज्ने तथा यस्ता नियमहरूको अर्थमा निश्चितता तथा भविष्यवाणी गर्नुपर्ने आवश्यकतालाई जोड दिने दृष्टिकोण हो । कानूनी नियमको व्याख्याकर्ताले ठाँउ छोड्न नपाउने गरी केही शब्दावलीहरूलाई तोकिएको अर्थ दिनुपर्ने कुरा कानूनी औपचारिकतावादीहरूले वकालत गर्नुका साथै त्यस्ता नियम प्रयोग हुने प्रत्येक मुद्दामा यस्ता शब्दावलीको उस्तै अर्थ हुनुपर्ने कुराको आवश्यकतामा पनि कानूनी औपचारिकतावादीहरूले जोड दिएका छन् ।
२.१.२८    प्रयोगवाद (Pragmatism)
कानूनको प्रकृतिबारे वस्तुगत रूपमा पुष्टि गर्न सकिने व्यक्तित्वहरूलाई सत्य प्रस्तावना ठान्ने तथा सम्पूर्ण मूल्यको मूल्याङ्कनलाई अस्वीकार गर्ने कानूनी सिद्धान्तको दृष्टिकोणलाई कानूनी दर्शनमा प्रयोगवाद भनिन्छ । कानूनी प्रयोगवाद एकबाट अनेकमा जाने तर्कगत प्रक्रियामा आधारित छ, जसमा कुनै कानूनी घटनाको व्याख्यात्मक सिद्धान्तलाई प्रस्तुत गर्नु अघि तथ्यको अनुभवजन्य दृष्टि तथा तथ्यमा लागू गरिने अनुमानको तर्जुमाको आवश्यकता परेको हुन्छ ।
२.१.२९    असल (Good)
उदाहरणका लागि उदारता, समानता अथवा सम्मान जस्ता कुनै मूल्य वा हित जसलाई सामाजिक व्यवस्थामा सामान्यता प्राप्त गर्ने वा व्यवस्था गर्ने कुरा सामान्यतः इच्छा योग्य ठानिएको हुन्छ ।
२.१.३०    आदेशात्मक (Imperative)
समाजमा कुनै तोकिएको शक्तिशाली व्यक्ति अथवा व्यक्तिहरूको समूहको आज्ञा, आदेश वा दण्डात्मक कार्य द्वारा कानून निर्माण गरिएको हुन्छ भन्ने धारणालाई कानूनको प्रकृति बारेको सैद्वान्तिक दृष्टिकोणको सन्र्दभमा आदेशात्मक भनिन्छ । Jeremy Bentham and John Austin का अनुसार दण्डको धम्कीले बल पु-याएको सार्वभौमसत्ताको सामान्य आदेशको सँगालो कानून हो ।
२.१.३१    Hans Kelsen
अधिकारीहरूलाई दण्ड लागू गर्न दिइएको अवस्थागत निर्देशन (प्राथमिक मापदण्ड) को व्यवस्था कानून हो ।
२.१.३२    आधारभूत मान्यता (सबैभन्दा उच्च) (Grundnorm)
यसलाई ज्बलक प्भकिभल  ले आफ्नो पुस्तक Pure theory of Law मा आधारभूत मापदण्ड अथवा मूलभूत मापदण्डको समान अर्थमा प्रयोग गरेका छन् । Grundnorm ले संविधानलाई तथा यसबाट लिइएका अन्य सबै मापदण्डलाई वैधता प्रदान गर्दछ तर यसले त्यसको अन्र्तनिहित तत्व तोक्दैन ।
२.१.३३    अन्तःश्करणवाद (Intuitionism)
मानिसहरूमा क्षमता अथवा अन्तःकरण रहेको हुन्छ, जसबाट उनीहरूले के कुरा नैतिक रूपमा ठीक छ वा त्रुटिप्ूर्ण छ, असल छ वा खराब छ भनी प्रत्यक्षत पत्ता लगाउने तथा निर्धारण गर्न सक्ने क्षमता उनीहरूलाई प्राप्त भएको हुन्छ भनी विचार गर्ने नैतिक दर्शनको यो धारणा अन्तश्करणवाद हो ।
२.१.३४    उदारवादजन्य (Libertarian)
कानूनी तथा सामाजिक व्यवस्थामा उदारताको धारणा अथवा विशेष मूलभूत स्वतन्त्रतालाई तोक्ने, प्राप्त गर्ने तथा रक्षा गर्ने धारणा रहेको दृष्टिकोण उदारवादजन्य हो ।
२.१.३५    भौतिकवाद (Materialism)
माक्र्सवादी सिद्धान्तमा मानवीय समाजमा परिवर्तन र विकास, मानवीय अस्तित्वका भौतिक अवस्थाहरूमा आधारित हुन्छन् भन्ने धारणा भौतिकवाद हो । भौतिकवादी द्वन्द्ववाद तथा ऐतिहासिक भौतिकवादका माक्र्सवादी सिद्धान्तका दुई धारणाहरू समाजको ऐतिहासिक विकासलाई निर्धारण गर्ने विभिन्न सामाजिक, पं्राविधिक, आर्थिक तथा राजनैतिक घटना बीच विद्यमान सङ्गठन तथा अन्र्तविरोध रहेको हुन्छ भन्ने अनुमानमा आधारित छ ।
२.१.३६    मान्यता (Norm)
सामाजिक व्यवहारको सामान्यतः स्वीकृति नै मापदण्ड हो । ज्बलक प्भकिभल ले यो शब्दलाई उनको कानूनको परिभाषामा दण्डको कल्पना गर्ने प्राथमिक मापदण्ड केही परिस्थितिमा दण्ड लागू गर्न अधिकारीहरूलाई लिइएको अवस्थागत निर्देशनलाई तोकेर उल्लेख गर्न प्रयोग गरेका छन् ।
२.१.३७    निश्चियात्मकवाद (Positivism)
सामाजमा शक्तिका स्थानमा रहेका मानिसहरूले सृजना गरेर प्रस्तुत गरिएको कानूनहरूलाई मात्र वैध कानून मान्ने कानूनको अध्ययनको यो उदारवादको दृष्टिकोण हो । सामान्यतः यसले कानूनलाई नैतिकतासँग जोड्ने प्राकृतिक कानूनको सिद्धान्तलाई अस्वीकार गर्दछ ।
२.१.३८    विषयगत सिद्धान्त (Content Theory)
यस्ता सिद्धान्तहरूले नैतिकतालाई तोकिएको तŒव भएको हुन सक्ने वा भएको कुनै कुरा भनी मान्दछन् । जसलाई वस्तुगत रूपमा पहिचान गर्न र अनुभवजन्य हिसाबले विश्लेषण गर्न सकिन्छ । नैतिकता तर्फको यो दृष्टिकोण ज्बचत को न्यूनतम तŒव सिद्धान्त हो जसलाई उनले त्जभ ऋयलअभउत या ीबध, ज्ञढटज्ञ मा प्रस्तुत गरेका थिए । अस्तित्वलाई लक्ष मानेर मावनीय अवस्थाका पाँच विशेषताहरूलाई ध्यान दिएर हेर्दा जीवन, सम्पत्ति तथा प्रतिष्ठाको रक्षासँग प्राथमिक रूपमा सम्बन्धित तोकिएको तत्व कानून र नैतिकतामा रहेको हुनुपर्दछ ।
२.१.३९    परिवर्तनशील (Variables)
कुनै फरक कुरा सङ्केत हो जसलाई अङ्क र मूल्य प्रदान गरिन्छ ।
२.१.४०    उत्तरदायित्व ९इदष्निबतष्यल०
ज्बचत का लागि कार्य गर्न अनुग्रहित हुनु वा सहनुको बीचमा फरक गर्नै पर्दछ तथा कुनै दायित्वअन्र्तगत कार्य गर्न र सहन पनि फरक छन्, किनभने अगाडिको कुरा कुनै दण्डको डरबाट जसले बाह्य उत्प्रेरकको रूपमा कार्य गरेको हुन्छ भन्नेबाट प्रेरित छ भने दोस्रो कुरामा बाह्य तत्व तथा आन्तरिक तत्व दुवै हुन्छ जसबाट सो व्यक्तिले कार्य गर्ने वा सहने कर्तव्यको भावनाको अनुभुति गर्दछ ।
२.१.४१    नीति (Obligation)
सामान्यतया कुनै समूहको सदस्यको सामाजिक, आर्थिक तथा राजनैतिक कल्याणमा कुनै सुधार गर्ने उद्देश्य भएको कुनै सामाजिक वा सामुदायिक लक्ष्यको प्रस्तुतीकरण नीति हो । त्यसकारण व्यक्तिका अधिकारमा नियन्त्रण आउने भए पनि कुनै नीतिलाई अनुशरण गर्नै पर्ने हुन्छ । म्धयचपष्ल ले नीतिमा परिभाषित विषय तथा सिद्धान्तका विषयबारे तोकिएको फरक देखाएका छन् । जसले व्यक्तिको अधिकार प्रस्तुत गरेको भनी उनले मानेका छन् तथा उनले दुई बीच सन्तुलन सृजना गर्न न्याय र औचित्यताको आवश्यकता पर्छ भन्ने कुरा औंल्याएका छन् ।
२.१.४२    कारणवादीता (Policy)
आफ्नो कारणवादीता अथवा मानसिक क्षमतालाई सामान्यत कार्यका वैकल्पिक बाटोको मूल्याङ्कन गर्न प्रयोग गरिने क्षमता, आफ्नो रुचीअनुसारको छनौट गर्ने, लक्ष्य निर्धारण गर्ने तथा यस्ता लक्ष्यहरूको प्राप्तिका लागि प्रभावकारी योजना गर्ने क्षमता कारणवादिता हो ।
२.१.४३    यर्थाथवाद (Realism)
कुनै घटनाको अनुसन्धानमा भावना तथा आर्दशभन्दा माथि वस्तुपरकतालाई जोड दिने दार्शनिक दृष्टिकोण यर्थाथवाद हो । यर्थाथवादीहरू सामान्यत के तर्क दिन्छन् भने कुनै घटनाको बुझाई व्यक्तिगत चेतनाको हामीले सुरुमा ग्रहण गरेको तथ्याङ्कबाट स्वतन्त्र वस्तुगत कुराहरूको अनुभव हो । त्यसकारण कानूनको प्रकृतिको अर्थपूर्ण विश्लेषणले अदालतको यर्थाथ अभ्यासको वस्तुगत अनुभवमा न्यायिक अधिकारीको दृष्टिकोणलाई निर्देशित गर्ने अनुमान गरिएका केही नियमभन्दा बढी केन्द्रित हुनुपर्दछ ।
२.१.४४    अन्र्तनिहित उद्देश्यवाद (Teleology)
यो धारणामा प्रत्येक कुराको कुनै लक्ष्य र उद्देश्य हुन्छ जसका तर्फ यो अनिवार्यत विकसित हुँदै जान्छ भनिन्छ । पौराणिक प्राकृतिक कानूनी सिद्धान्तकारहरूले उदाहरणका लागि के तर्क दिन्छन् भने मानिसहरू र तिनका समाजको कुनै अन्तिम ६ उत्कृष्टताको अवस्थाको रूपमा कुनै लक्ष्य रहेको हुन्छ जसलाई तिनीहरूले प्राकृतिक रूपमा आँकेका हुन्छन् तथा त्यसतर्फ तिनीहरूले अनिवार्यतः प्रयास गर्नुपर्दछ तथा यो उद्देश्यको प्राप्ती छिटो गर्ने आवश्यक उपाय कानून हो ।
२.१.४५    उपयोगितावाद (Utilitarianism)
समाजमा भएका बहुसङ्ख्यक मानिसहरूको सुख अथवा सामान्य कल्याणलाई उत्थान गर्ने कुरामा यसको सम्पूर्णताको असर राम्रो अथवा न्यायोचित भएको कुनै कार्य, उपाय अथवा सामाजिक वा कानूनी व्यवस्थालाई नैतिक दर्शनमा विचार गर्ने दृष्टिकोण उपयोगितावाद हो । समाजमा फाइदा र भारको वितरणमा न्यायको समस्यामा उपयोगितावाद एउटा लक्ष्यवादी दृष्टिकोण हो किनभने यसले सामूहिक, असल वा कल्याणलाई उत्थान गर्ने कुरामा जोड दिन्छ । यस्तो कुरामा व्यक्तिको अधिकार तथा राजनैतिक अथवा अन्य उदारतालाई कटौति गर्नु पर्ने वा लागू नहुने गर्नु पर्ने भए तापनि यस्तो कार्य गर्दछ । उपयोगीतावादको प्रकार निम्न छन् :
२.१.४६ पूर्ण (पौराणिक/शास्त्रीय) उपयोगितावाद (Total (Classical) Utilitarianism)
यसमा सामाजिक तथा कानूनी उपाय अथवा संस्थाहरूलाई न्यायोचित मानिन्छ जब तिनको कार्यले सम्पूर्णतामा औसत सुख वा कल्याणलाई अधिकतम बनाउन सहयोग पु-याइएको हुन्छ ।
२.१.४७    औसत उपयोगीतावाद (Average Utilitarianism)
यसमा सामाजिक तथा कानूनी उपायहरू अथवा संस्थाहरूलाई न्यायोचित मानिन्छ जब तीनको कार्यले सम्पूर्णतामा प्रतिव्यक्ति औसत सुख र कल्याणलाई अधिकतम बनाउन सेवा पु-याइन्छ ।
२.१.४८    कार्य उपयोगीतावाद (Act Utilitarianism)
यसमा कुनै तोकिएको कार्य वा उपायलाई ठीक मानिन्छ जब यसले सम्पूर्णतामा उत्तम परिणाम ल्याउँछ ।
२.१.४९    यर्थाथ नियम उपयोगितावाद (Actual Rule Utilitarianism)
यसमा कुनै कार्य वा उपायलाई ठीक मानिन्छ जब यसलाई उत्तम परिणाम सम्पूर्णतामा प्राप्त गर्न सहयोग पु¥याउने नियमलाई सामान्यत अनुशरण गर्ने स्वीकृति दिइएको हुन्छ ।
२.१.५०    आर्दश नियम उपयोगीतावाद (Ideal Rule Utilitarianism)
यसमा कुनै कार्य वा उपायलाई ठीक मानिन्छ जब सो कार्यलाई शासित गर्ने अन्य कुनै नियमभन्दा राम्रो वा बढी राम्रो परिणाम सम्पूर्णतामा प्राप्त गर्ने नियम अनुशरण गर्दा हुन्छ भनी स्वीकृति दिएको हुन्छ ।
२.१.५१    कानूनको विज्ञान (Science of Law)
यसले सामाजिक सम्बन्धको परिप्रेक्ष्यमा मानवीय व्यवहार नियन्त्रण गर्न व्याख्या बुझ्ने कार्य तथा प्रविधि क्रमबद्ध रूपले निर्माण गर्दछ ।
२.१.५२    ज्ञानशास्त्रीय दृष्टिकोण (Epistemological Approach )
संसारका बारेमा थाहा पाउन कसरी सम्भव छ :
(१)    निश्चयात्मकवाद (Positivism)
  • संसार अनुसन्धानकर्ताबाट स्वतन्त्र र असर नपर्ने छ ,
  • तथ्य र मूल्यहरू प्रष्ट छन्, जसले गर्दा वस्तुवादी मूल्य स्वतन्त्र खोजी गर्न सम्भव छ,
  • सैद्धान्तिक विवादमा अन्तिम मध्यस्तकर्ता दृष्टि नै हुन् ,
  • प्राकृतिक विज्ञानका पद्धतिहरू (उदाहरणका लागि पूर्वानुमानको जाँच गरिआउने व्याख्या तथा नमुनाकरण) सामाजिक प्रवृत्तिका अध्ययनका लागि उचित छन् किनभने मानवीय व्यवहार कानून जस्तै नियमितताबाट शासित  छ ।
(२)    व्याख्यावाद (Interpritevism)
  • अनुसन्धानकर्ता तथा सामाजिक संसारले एक अर्कामा प्रभाव पादर्छन् । तथ्य र मूल्यहरू प्रष्ट हुँदैनन् तथा अनुसन्धाकर्ताको दृष्टिकोण र मूल्यबाट खोजेर पत्ता लगाइएका कुराहरू प्रभावित हुन्छन् । यसले गर्दा वस्तुवादी मूल्य स्वतन्त्र अनुसन्धान गर्न असम्भव हुन्छ तथापि अनुसन्धानकर्ताले तिनको अनुमान घोषणा गर्न तथा पारदर्शी हुन सक्दछ,
  • प्राकृतिक विज्ञानका पद्धतिहरू उचित छैनन्, किनभने सामाजिक संसार कानून जस्तै नियमित्ताबाट शासित नभई मानवीय संस्था र अर्थको मध्यस्तामा रहेको छ । परिणामत सामाजिक अनुसन्धान कर्ताले सहभागी तथा अनुसन्धानकर्ताको बुझाई दुवैलाई प्रयोग गरी अनुसन्धान कर्ताको सम्बन्ध सामाजिक संसारको खोजी गर्न र बुझ्नु हो ।
(३)    कानूनी ज्ञानप्राप्ती दर्शन (Legal Epistemology)
कानूनी ज्ञान प्राप्ती दर्शनको शब्दावली अधिकांस कानूनविद्हरूको लागि अपरिचित हुनसक्छ । यर्थाथमा कानूनी ज्ञान प्राप्ती दर्शन खोजीको स्वीकृति प्राप्त क्षेत्रका रूपमा दुर्लभ रहेको हुन्छ । ऐतिहासिक रूपमा मूलधारको दर्शनबाट प्रमाण र दशीको सिद्धान्तहरू छुट्टिएर गए । १९ औं शब्तावदीको मध्यतिर खासगरी Anglo अमेरिकी परम्परामा Best ले १८४४ मा Kicje को ज्ञान प्राप्ती दर्शनमा कानूनी प्रमाणगत कार्यलाई आधारित गरी १८४३ मा Mill को तर्कको व्यवस्थालाई तथ्यगत तर्क ढाक्न फराकिलो पारिएको थियो ।
किन कानूनी ज्ञानप्राप्ती दर्शन विशेष प्रकारको छ ?(Why is Legal Epistemology Special?)
कानूनी ज्ञानप्राप्ती दर्शनलाई पौराणिक ज्ञान प्राप्ती दर्शनसँग फरक तर सम्बन्धित विशेष प्रकारको ज्ञानप्राप्ती दर्शन भनी बयान गर्नुपर्ने कानूनी तथ्य खोजीका कम्तिमा पनि चार पक्षहरू प्रष्ट छन् । संक्षेपमा, पहिलो पक्ष के हो भने पौराणिक ज्ञान प्राप्ती दर्शनको सम्बन्ध कसरी व्यक्तिहरूले पुष्टि गरिएका आस्था विकसित गर्दछन् भन्ने कुरासँग छ भने त्यसैको मिलानयुक्त बनोटसँग कानूनी ज्ञान प्राप्ती दर्शनसँग छ । दोस्रो कुरा के हो भने अदालतको पुष्टि गरिएका आस्थाहरूले अदातलको व्यवहार भन्दा बढी कुरामा प्रभाव पार्दछन् तथा त्यसकारण विशेष प्रकारको व्यवहारिक विचारको प्रतिनिधित्व गर्दछ । तेस्रो कुरा अदालतहरू नियम अनुशरण गर्दछन् जुन अधिकार क्षेत्रअनुसार कुन प्रमाण उनीहरूले विचार गर्दछन् भन्नेबारे हुन्छ तथा केही प्रकारका प्रमाणमा उनीहरूले के महŒव संलग्न गर्ने हो भन्ने कुरा सँग सम्बन्धित छ । चौथो पक्ष कानूनी प्रक्रिया र सत्य बीचको विशेष सम्बन्धको प्रकृति हो तथा सत्य र पुष्टीकरणलाई कानूनी परिप्रेक्षमा अधिकांश सामाजिक पर्रिप्रेक्षमा भन्दा बढी होसपूर्वक सत्य पुष्टीकरणलाई व्याख्या गरिने तरीका हो ।
२.१.५३    वस्तुगत दृष्टिकोण (Ontological Approach)
वस्तुहरू तथा तीनका सम्बन्धको सिद्धान्त वस्तुवाद हो । यसले विभिन्न प्रकारका वस्तुहरू तथा तीनका सम्बन्धलाई छुट्टायउन लक्षणहरू प्रदान गर्दछ । हामी यसलाई निम्न किसिमले फरक गर्न सक्दछौं :
  • औपचारिक (Formal) 
  • वर्णात्मक (Descriptive)
  • औपचारिककरण गरिएका वस्तुवाद (Formalize Ontologies)
Edmund Husserl ले औपचारिक वस्तुवादलाई उनकोLogical Investigations मा प्रस्तुत गरेका थिए । Husserl को भनाईमा यसको उद्देश्य अस्तित्वको फरक–फरक वस्तुको अध्ययन हो, नेतृत्वदायी क्षेत्रीय धारणा अर्थात यसको प्रकार र यसको सत्य तरीका(Eidetic) (Mental image of perfect clarity) अर्थात् मानसिक प्रतिविम्बको पूर्ण स्पष्टताको कमि प्रकारवादी अन्तःश्करणको पद्धितिसँग जोल्ठाएर गर्नु हो ।
२.१.५४    वस्तुगत निर्माणशास्त्र (Ontology Engineering)
शब्दावलीको अर्थबारेमा सकेसम्म प्रस्ट हुँदै विवेचनाको उच्चतम तहमा कुनै क्षेत्रको सम्बन्धित बिशेषताहरूलाई कब्जा गर्ने प्रतिनिधित्वमूलक छनोट गर्ने कुरासँग वस्तुवाद निर्माणशास्त्र सम्बन्धित छ । अन्य प्रकार तथ्याङ्क नमूनाकरणमा जस्तै ज्ञान र दक्षताको आवश्यकता पर्न आउँछ । दार्शनिक वस्तुवादमा गुणात्मक वस्तुवादको परम्परालाई क्रमबद्ध तथा मिलान युक्त तबरले कसरी वस्तुवादी फरक तयार गर्नुपर्दछ भन्ने बारे सिद्धान्तको धनी सँगालो भन्न सकिन्छ ।
२.२.    विधिशास्त्र बुझाइका मुख्य बु“दाहरू (Understanding Key Points of Jurisprudence)
  • कानून तथा कानूनी विषयको सैदान्तिक भाग विधिशास्त्र हो,
  • नागरिक सरकार निर्देशित हुनुपर्ने नियमको सिद्धान्त भनेर पनि विधिशास्त्रलाई उल्लेख गर्न सकिन्छ,
  • विधिशास्त्र कानूनको विज्ञान तथा अदालतले अनुशरण गर्ने क्रमबद्ध व्यवस्था तथा यस्ता नियमसँग संलग्न सिद्धान्तहरूको प्रस्तुतीकरण हो,
  • कहिलेकाहीँ यसले कुनै देशको कानून बन्ने तत्वगत कानूनी नियम, सिद्धान्त, व्याख्या तथा विस्तृत वर्णनको सँगालोलाई जनाउँदछ,
  • विधिशास्त्रलाई कुनै परम्परा, कुनै आर्दश तथा सैद्वान्तिकरणको क्रियाकलाप भनी विश्लेषण गर्न सकिन्छ,
  • कानून तथा न्यायको सामाजिक प्रवृत्तिको सामान्यत वैज्ञानिक तथा दार्शनिक अनुसन्धान विधिशास्त्रभित्र रहेको हुन्छ,
  • विधिशास्त्रले कानूनको सैद्धान्तिक भागको विषयका रूपमा विधिशास्त्रले केही कार्य तथा तोकिएका कुराहरूको मर्म रक्षा गर्न योगदान गर्नुपर्दछ,
  •   Austinका लागि विधिशास्त्र भनेको कानूनको औपचारिक विश्लेषण हो,
  • कानून बाहेक दर्शन, अर्थशास्त्र, नृशास्त्रजस्ता विषयका वर्तमान ज्ञानबाट प्राप्त गरिएका कानूनका धारणा, आर्दश तथा प्रवृत्तिको मूल्याङ्कन भन्ने अर्थ विधिशास्त्रको हकमा लागू हुन थालेको छ,
  • न्यायको प्रशासनमा सार्वजनिक तथा नियमित त्चष्दगलब िहरूले स्वीकार गरिएको वा कार्यन्यवन गरेको सिद्धान्तको सँगालो जनाउने गरी न्यायीक अर्थमा कानूनी शब्दावलीलाई प्रयोग गर्ने विधिशास्त्र कानूनको विज्ञान हो,
  • विधिशास्त्रको शैक्षिक मूल्य पनि छ किनभने कानूनी धारणाको तर्कसंगत विश्लेषणले कानूनविद्को आफ्नो तार्किक प्रविधिलाई अझ तिखारी दिन्छ,
  • भौतिक नियम स्वयंबाट भन्दा कानूनका नियमबाट शासित मानवीय सम्बन्धसँग विधिशास्त्र संलग्न छ,
  • स्वभावैले नै विधिशास्त्र अन्र्तराष्ट्रिय विषय हो । सबै कानूनी व्यवस्था नभए पनि अधिकांश कानूनी व्यवस्थामा यसका सम्बन्धहरू विभिन्न प्रकारले गाँसिएका हुन्छन् । यसले राज्य र समाजका सम्बन्धमा मानिसको अध्ययनलाई ढाकेको छ,
  • आधारभूत रूपमा यसका ३ मुख्य तत्वहरू छन्: स्रोत, कानूनी धारणा तथा कानूनी सिद्धान्त ।

Comments

Popular posts from this blog

खरिदारको लागि नयाँ शैक्षिक योग्यता

दरखास्त व्यवस्थापन केन्द्र