Posts

विधिशास्त्र के हो

विधिशास्त्रका बुझ्नैपर्ने केही शब्दहरू (Some Understanding Terminologies of Jurisprudence)  २.१   विधिशास्त्रसम्बन्धी विभिन्न अवधारणागत शब्दहरू (Difference Conceptual Terminologies Relating to Jurisprudence) विधिशास्त्रको अवधारणा बुझ्न यससम्बन्धी सामान्य अवधारणागत विषय वा कुराहरू बुझ्न नितान्त आवश्यक हुने हुनाले विधिशास्त्रीय केही महŒवपूर्ण अवधारणागत शव्दहरूको संक्षिप्त रूपमा उल्लेख गर्ने प्रयास गरिएको छ, जुन यसप्रकार रहेका छन् : २.१.१    सामान्य विधिशास्त्र (General Jurisprudence) सामान्य विधिशास्त्र अनुभवजन्य थियो । यसको सम्बन्धलाई सामान्यताको सापेक्षिक रूपमा उच्च तहबाट यर्थाथ कानूनी व्यवस्थाको विश्लेषणसँग सम्बन्धित थियो । सामान्य शब्दले यो परिपे्रक्ष्यमा भौगोलिक पहुँच भन्दा विवेचनाको तहलाई उल्लेख गदर्छ तथा सामान्य विधिशास्त्रलाई एक प्रकारको मध्यम व्यवस्थाको सिद्धान्तको रूपमा व्याख्या गरिन्छ । १९ औं शताब्दीमा अङ्ग्रेजी विधिशास्त्रीहरूले सामान्यतया विधिशास्त्रलाई सामान्य रूपमा नै अनुमान गरेको थिए । प्राकृतिक कानूनको परम्परा सर्वव्यापक थियो । द्यभल...

लिखित परिक्षा संचालन हुने

♦  मिति २०७५।१०।०४ गते प्रकाशित विज्ञापन अनुसार अा.प्र. र खुला प्रतियोगितात्मक लिखित परिक्षा संचालन हुने तथा परीक्षा भवन कायम गरिएको  सूचना ( प्रकाशित मिति २०७५ /११ /१० ) http://nfc.com.np/news_event_pressrelease/examdate2075.11.10

परिचय #नेपाल खाद्य संस्थान#

नेपाल खाद्द्य संस्थान परिचय  नेपालमा खाद्यान्न कारोवार र त्यसको आपूर्तिको संस्थागत व्यवस्था सरकारी स्तरमा तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुरको पालामा भएको पाइन्छ । गुठी र रैकर जग्गाहरुबाट तिरो भरोका रुपमा त्यसवेला जिन्सी धाननै संकलन हुने प्रचलन थियो । संकलित धान जभी र निजामति कर्मचारीहरुका अतिरिक्त धार्मिक कार्यहरु र पाकशालामा उपलब्ध गराउनको लागि थापाथलीमा रशद गोदाम अड्डा -हाल अंचल कार्यालय रहेको स्थानको स्थापना गरी त्यसको प्रमुखमा प्रधान सेनापति रहने ब्यवस्था भएको देखिन्छ । वि.सं. १९९० सालको महाभूकम्पबाट पीडित जनताको राहतको लागि आवश्यक खाद्यान्न उपलब्ध गराउने कार्यमा यस अड्डाले महत्वपूर्ण भूमिका खेलेको थियो । राजधानीमा क्रमशः जनसंख्याको चापमा भएको बृद्धिले उपत्यकाको उत्पादन अपर्याप्त हुन जाने देखिएकोले खाद्यान्न अभाव हुन नदिन मेचीदेखि बाँके सम्मका तराई क्षेत्रहरुबाट प्रति वर्ष २ हजार मन चामल झिकाउने ब्यवस्था मिलाइएको थियो । राजधानी प्रतिको मोह र आकर्षण  बसाई सराई निरन्तरताले गर्दा जनसंख्याको चापमा हुन गएको बृद्धिले गर्दा तत्कालिन खाद्यान्न आपूर्तिको सरकारी प्रयासह...

Education act 9th amendment bhadra -12- 2074 Education minister of nepal...

Image

खरिदारको लागि नयाँ शैक्षिक योग्यता

लोकसेवा आयोगले तोक्यो खरिदारको लागि नयाँ शैक्षिक योग्यता काठमाडौं, १९ फागुन - लोकसेवा आयोगले खरिदार पदको लागि नयाँ योग्यता तोकेका छ । अघिल्लो वर्षदेखि सरकारले एसएलसी परीक्षामा प्रतिशत हटाएर ग्रेड प्रणाली लागू गरेसँगै लोक सेवा आयेगले पनि खरिदार पदको लागि शैक्षिक योग्यता तोकेको हो । अघिल्ला वर्षहरुमा जस्तै एसएलसी पास गरेका व्यक्तिले लोकसेवा आयोगको जाँच दिन पाउने छन् । तर अब एसएलसीमा दुई वा दुई भन्दा माथि जिपिए ल्याउनु अनिवार्य छ । यो भनेको एसएलसीमा सी ग्रेडभन्दा माथिको ग्रेड ल् याउनुपर्ने हुन्छ ।   लोकसेवा आयोगले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’ ग्रेड ल्याउनेले मात्रे जाँ दिन पाउने व्यवस्था गरेको छ । ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेले चाहिँ खरिदारको परीक्षा दिन पाउने छैनन् । from   lokaantar.com

संविधान अनुसार लोक सेवा आयोगको गठन

नेपालको संविधान अनुसार लोक सेवा आयोगको गठन सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?   नेपालको संविधानको भाग ३३ धारा २४२ को उपधारा (१) मा लोक सेवा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार लोक सेवा आयोगमा अध्यक्ष र अन्य चारजना सदस्य रहने प्रावधान छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिशमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । यसरी नियुक्ति गर्दा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त  हुनेछन् भन्ने उल्लेख गरिएको छ ।  

‘दरखास्त दिनेको संख्या पुरुषको भन्दा महिलाको धेरै

Image
‘समानुपातिक समावेशी नीति   • - लोकसेवा आयोगको परीक्षामा गत वर्षदेखि इतिहास बदलिएको छ । निजामती सेवाको भर्नाका लागि गरिने विज्ञापनमा दरखास्त हाल्नेमा पुरुषभन्दा महिला २१ प्रतिशत बढी भए । ५ लाख ९९ हजार ६ सय ६८ आवेदन परेकामा महिलाको संख्या ३ लाख ६० हजार ५ सय ५ थियो ।   • बर्सेनि महिलाको दरखास्त त बढिरहेको थियो तर पुरुषको संख्यालाई उछिनेको थिएन । यस्तो कसरी सम्भव भयो ? यसको मूल कारण हो– ‘समानुपातिक समावेशी नीति ।’ उत्तीर्ण प्रतिशत पनि बर्सेनि बढदै गएको छ । तर, पुरुषको हाराहारी अझै पुगेको छैन ।   • निजामती सेवा ऐनमा ४५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । आरक्षित सिटमध्ये ३३ प्रतिशत अनिवार्य महिलाका लागि निर्धारण गरिन्छ । यो प्रावधानका कारण परीक्षामा दरखास्त दिने मात्र होइन, पास गरेर जागिरमा छिर्नेहरूको संख्या पनि उत्तिकै बढ्दै छ ।   • आयोगका अनुसार गत वर्षको परीक्षाबाट ४ हजार ७ सय ६२ जना सरकारी सेवा प्रवेश गरे । तीमध्ये १ हजार ६ सय ९० जना महिला थिए । ‘दरखास्त दिनेको संख्या पुरुषको भन्दा महिलाको धेरै भइसक्यो,’ लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले भने, ‘पास गर्ने प्रतिश...