संविधान अनुसार लोक सेवा आयोगको गठन
नेपालको संविधान अनुसार लोक सेवा आयोगको गठन सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?
नेपालको संविधानको भाग ३३ धारा २४२
को उपधारा (१) मा लोक सेवा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ ।
जसअनुसार लोक सेवा आयोगमा अध्यक्ष र अन्य चारजना सदस्य रहने प्रावधान छ ।
राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिशमा लोक सेवा आयोगका अध्यक्ष र
सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । यसरी नियुक्ति गर्दा आयोगका
सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सो भन्दा बढी
अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू
विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा
राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै
महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त
हुनेछन् भन्ने उल्लेख गरिएको छ ।
Comments
Post a Comment