सम्भाव्य उम्मेदवार हुनका लागि

आयोगबाट हुने विज्ञापनहरुमा दरखास्तको लागि सम्भाव्य उम्मेदवार हुनका लागि उमेरको हदसम्बन्धी कस्तो व्यवस्था गरिएको छ ? यसलाई कसरी गणना गरिन्छ ?
 
उम्मेदवारहरुको उमेरको गणना सेवागत रुपमा फरक फरक हुने भएकोले संक्षेपमा देहायबमोजिम उल्लेख गरिएको छ । 
१) निजामती सेवा र व्यवस्थापिका संसद सेवा तर्फ
    दरखास्त दिनको लागि सम्भाव्य उमेर गणनाः (खुलातर्फ)
          (क) राजपत्र अनंकित श्रेणी र श्रेणीविहीन तर्फका पद (जस्तैः खरिदार, नायब सुब्बा वा सो सरह)
                 दरखास्त दिने अन्तिम मितिसम्म न्यूनतम उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको)
          (ख) राजपत्रांकित तर्फका पद (जस्तैः शाखा अधिकृत, उपसचिव र सहसचिव वा सो सरह)
                 दरखास्त दिने अन्तिम मितिसम्म न्यूनतम उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको) तर उपसचिव र सहसचिवको पदका लागि                                      खुलातर्फको हकमा अधिकतम उमेरको हद ४५ वर्ष तोकिएको छ ।
२) स्वास्थ्य सेवा तर्फ : सहायकस्तरका पद (तह ४ र ५) को लागि न्यूनतम १८ वर्ष र अधिकतम ४५ वर्ष तोकिएको छ भने अधिकृतस्तरका पद (तह ६ देखि माथि) को लागि न्यूनतम २१ वर्ष र               अधिकतम ४५ वर्ष तोकिएको छ ।
 
निजामती सेवा, व्यवस्थापिका संसद सेवा तथा स्वास्थ्य सेवामा स्थायी बहालवाला कर्मचारीको हकमा उमेरको हद नलाग्ने व्यवस्था गरिएको छ । यस्ता कर्मचारीले दरखास्तसाथ आफू स्थायी रुपमा कार्यरत रहेकोे प्रमाण पुग्ने कागजात पेश गर्नु पर्दछ । दरखास्त फाराममा पनि सो सम्बन्धी विवरण भरी सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गराउनु पर्दछ ।

Comments

Popular posts from this blog

विधिशास्त्र के हो

खरिदारको लागि नयाँ शैक्षिक योग्यता

दरखास्त व्यवस्थापन केन्द्र