Posts
Showing posts from 2017
खरिदारको लागि नयाँ शैक्षिक योग्यता
- Get link
- X
- Other Apps
लोकसेवा आयोगले तोक्यो खरिदारको लागि नयाँ शैक्षिक योग्यता काठमाडौं, १९ फागुन - लोकसेवा आयोगले खरिदार पदको लागि नयाँ योग्यता तोकेका छ । अघिल्लो वर्षदेखि सरकारले एसएलसी परीक्षामा प्रतिशत हटाएर ग्रेड प्रणाली लागू गरेसँगै लोक सेवा आयेगले पनि खरिदार पदको लागि शैक्षिक योग्यता तोकेको हो । अघिल्ला वर्षहरुमा जस्तै एसएलसी पास गरेका व्यक्तिले लोकसेवा आयोगको जाँच दिन पाउने छन् । तर अब एसएलसीमा दुई वा दुई भन्दा माथि जिपिए ल्याउनु अनिवार्य छ । यो भनेको एसएलसीमा सी ग्रेडभन्दा माथिको ग्रेड ल् याउनुपर्ने हुन्छ । लोकसेवा आयोगले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’ ग्रेड ल्याउनेले मात्रे जाँ दिन पाउने व्यवस्था गरेको छ । ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड ल्याउनेले चाहिँ खरिदारको परीक्षा दिन पाउने छैनन् । from lokaantar.com
संविधान अनुसार लोक सेवा आयोगको गठन
- Get link
- X
- Other Apps
नेपालको संविधान अनुसार लोक सेवा आयोगको गठन सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ? नेपालको संविधानको भाग ३३ धारा २४२ को उपधारा (१) मा लोक सेवा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार लोक सेवा आयोगमा अध्यक्ष र अन्य चारजना सदस्य रहने प्रावधान छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिशमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । यसरी नियुक्ति गर्दा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त हुनेछन् भन्ने उल्लेख गरिएको छ ।
‘दरखास्त दिनेको संख्या पुरुषको भन्दा महिलाको धेरै
- Get link
- X
- Other Apps

‘समानुपातिक समावेशी नीति • - लोकसेवा आयोगको परीक्षामा गत वर्षदेखि इतिहास बदलिएको छ । निजामती सेवाको भर्नाका लागि गरिने विज्ञापनमा दरखास्त हाल्नेमा पुरुषभन्दा महिला २१ प्रतिशत बढी भए । ५ लाख ९९ हजार ६ सय ६८ आवेदन परेकामा महिलाको संख्या ३ लाख ६० हजार ५ सय ५ थियो । • बर्सेनि महिलाको दरखास्त त बढिरहेको थियो तर पुरुषको संख्यालाई उछिनेको थिएन । यस्तो कसरी सम्भव भयो ? यसको मूल कारण हो– ‘समानुपातिक समावेशी नीति ।’ उत्तीर्ण प्रतिशत पनि बर्सेनि बढदै गएको छ । तर, पुरुषको हाराहारी अझै पुगेको छैन । • निजामती सेवा ऐनमा ४५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । आरक्षित सिटमध्ये ३३ प्रतिशत अनिवार्य महिलाका लागि निर्धारण गरिन्छ । यो प्रावधानका कारण परीक्षामा दरखास्त दिने मात्र होइन, पास गरेर जागिरमा छिर्नेहरूको संख्या पनि उत्तिकै बढ्दै छ । • आयोगका अनुसार गत वर्षको परीक्षाबाट ४ हजार ७ सय ६२ जना सरकारी सेवा प्रवेश गरे । तीमध्ये १ हजार ६ सय ९० जना महिला थिए । ‘दरखास्त दिनेको संख्या पुरुषको भन्दा महिलाको धेरै भइसक्यो,’ लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले भने, ‘पास गर्ने प्रतिश...
दरखास्त व्यवस्थापन केन्द्र
- Get link
- X
- Other Apps
केन्द्रीय कार्यालय, अनामनगर दरखास्त व्यवस्थापन केन्द्र, अनामनगर राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको परीक्षा केन्द्र सम्बन्धी सूचना सूचना नं. ः ८८४÷०७३–७४ मिति २०७३÷९÷२७ मा आयोगको वेबसाइट, बुलेटिन तथा गोरखापत्रमा प्रकाशित राजपत्र अनङ्कित, प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको विज्ञापनमा अनलाइनबाट दरखास्त फाराम बुझाई स्वीकृत भएका उम्मेदवारहरुको रोल नम्बर कायम गरिएपछि सम्बन्धित उम्मेदवारले अनलाइन फाराममा उपलब्ध गराएको मोबाइल नम्बरमा "Your Exam Center is Kathmandu PSC" SMS गएकोमा उम्मेदवारहरुले अनलाइन फाराम भर्दा आफैंले छनौट गरेको परीक्षा केन्द्रबाट मात्र परीक्षा दिन पाउने गरी परीक्षा केन्द्र कायम रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सो सूचना प्रकाशित गरिएको छ ।
सम्भाव्य उम्मेदवार हुनका लागि
- Get link
- X
- Other Apps
आयोगबाट हुने विज्ञापनहरुमा दरखास्तको लागि सम्भाव्य उम्मेदवार हुनका लागि उमेरको हदसम्बन्धी कस्तो व्यवस्था गरिएको छ ? यसलाई कसरी गणना गरिन्छ ? उम्मेदवारहरुको उमेरको गणना सेवागत रुपमा फरक फरक हुने भएकोले संक्षेपमा देहायबमोजिम उल्लेख गरिएको छ । १) निजामती सेवा र व्यवस्थापिका संसद सेवा तर्फ दरखास्त दिनको लागि सम्भाव्य उमेर गणनाः (खुलातर्फ) (क) राजपत्र अनंकित श्रेणी र श्रेणीविहीन तर्फका पद (जस्तैः खरिदार, नायब सुब्बा वा सो सरह) दरखास्त दिने अन्तिम मितिसम्म न्यूनतम उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको) (ख) राजपत्रांकित तर्फका पद (जस्तैः शाखा अधिकृत, उपसचिव र सहसचिव वा सो सरह) दरखास्त दिने अन्तिम मितिसम्म न्यूनतम उमेर २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको) तर उपसचिव र सहसच...
निजामती सेवा के हो ?
- Get link
- X
- Other Apps
निजामती सेवा भनेको के हो ? यसमा के कस्ता सेवाहरु रहेका छन् ? नेपालको संविधानको धारा २४३ अन्तर्गत स्पष्टीकरणमा “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ भनी उल्लेख गरिएको छ साथै निजामती सेवा ऐन, २०४९ को दफा ३ बमोजिम गठन भएका सेवालाई निजामती सेवा भनिन्छ । ती सेवाहरु निम्नानुसार छन् :– नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा नेपाल कृषि सेवा नेपाल परराष्ट्र सेवा नेपाल लेखापरीक्षण सेवा नेपाल विविध सेवा नेपाल इञ्जिनियरिङ्ग सेवा नेपाल न्याय सेवा नेपाल प्रशासन सेवा नेपाल वन सेवा नेपाल शिक्षा सेवा सोही ऐनको दफा १६(३) अनुसार परीक्षण काल र दफा १० को उम्मेदवार हुनको लागि अयोग्यताको खण्ड (ग) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (३) को प्रयोजनको लागि “निजामती सेवा भन्नाले संसद सेवा र नेपाल स्वास्थ्य सेवा समेतलाई बुझाउँदछ” भन्ने व्यवस्था रहेको छ ।